एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते

Kutpit

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यर्तालाई घाइते बनाएका हुन् । आफ्नो पार्टीको चुनाव प्रचारमा खटिरहेका बेला ज्यान मार्ने उदेश्यका साथ एमाले कार्यकर्ताले आक्रमण गरेका र आक्रमणबाट घाइते भएकाहरूको अहिले काठमाडौमा उपचार भइरहेको छ ।

माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञेप्ती जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारावही गर्न प्रशासनसँग माग गरेका छन् । उनले आगामी दिनमा यस्ता अवाञ्चित गतिविधि नगर्न र घटना दोहोरिन नदिन पनि  एमालेलेलाई सचेत गराएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);