अवैध रुपमा कटान गरिएका ठुलो परिमाणको काठ बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अवैध रुपमा कटान गरिएका ठुलो परिमाणको काठ बरामद

शिखा श्रेष्ठ ,२४ चैत्र धादिङ ।
जिल्ला वन कार्यालय धादिङले जिल्लाभर अवैध रुपमा कटान गरिएका ठुलो परिमाणमा विभिन्न प्रकारका काठ बरामद गरेको छ । जिल्ला वन कार्यालय धादिङले विभिन्न स्थानमा अवैध रुपमा काटिएका साल ,सल्ला र चापका

अवैध रुपमा कटान गरिएका ठुलो परिमाणको काठ बरामद

 

 

शिखा श्रेष्ठ ,२४ चैत्र धादिङ । जिल्ला वन कार्यालय धादिङले जिल्लाभर अवैध रुपमा कटान गरिएका ठुलो परिमाणमा विभिन्न प्रकारका काठ बरामद गरेको छ । जिल्ला वन कार्यालय धादिङले विभिन्न स्थानमा अवैध रुपमा काटिएका साल ,सल्ला र चापका गोलीया तथा चिरानहरु बरामद गरेको हो ।जिल्लामा काठको अबैध व्यापार हुने गरेको सुराकिको आधारमा जिल्ला वन कार्यालय धादिङले अवैध रुपमा काटी लुकाई छिपाई विभिन्न स्थानमा राखेका १ हजार ३० क्यु फिट काठ विभिन्न समयमा बरामद गरेको हो ।

 

विषेस गरी गाउँ गाउँमा खुलेका फर्निचर उद्योगहरुले भुकम्प पिडित र विस्थापितहरुको नाममा कानुनी प्रक्रीया नै पुरा नगरी जंगल फडानी तथा ओसारपसार हुने गरेको भेटिएका जिल्ला वन कार्यालय धादिङका सुचना अधिकृत क्षेत्र बिक्रम खाँडले बताउनु भयो । जिल्ला वन कार्यालय धादिङले सल्ला र चाँप ४ सय ४५ क्युफिट , सालको काठ ५ सय ८४ Þ७१ क्युफिट र ओसार पसारमा संलग्न दुई ओटा ट्रक र एक ट्याक्टर समेत पक्राउ गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);