बढ्दै सामाजिक संजाल अपराध, फितलो प्रहरी अनुन्धान | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बढ्दै सामाजिक संजाल अपराध, फितलो प्रहरी अनुन्धान

काठमाडौं, २५ वैशाख | सामाजिक अपराध न्युुनिकरण गर्न भन्दै प्रहरीले साइबर व्यूरो गठनको एक वर्ष पुरा भएको छ । तर पनि पछिल्लो समय सामाजिक अपराधका घटना बढदै गएका छन् । स्थापनाको एक वर्ष हुँदा पनि व्यूरोेले संगठित किसिमका साइबर अपराधको अनुसन्धानमा एउटै सफलता पाउन सकेको छैन ।

गत वर्ष बैशाखदेखि नेपाल प्रहरीमा साइबर र मानव वेचविखन अनुसन्धान व्यूरोका गरी दुइवटा विशिष्टीकृत व्यूरोको औपचारिक स्थापना भएको हो । डिआइजिको कमान्डमा स्थापना भएको व्यूरो उद्देश्य अनुसार सफलता हात पारेको छैन । एक वर्षमा व्यूरोले ४५ वटा मुद्दा दायर गरेको छ । तीमध्ये सबै सामाजिक संजालसंग सम्बन्धित छन । सामाजिक सन्जालबाट हुने गाली गलौज,चरित्र हत्या, ह्याकीङ आदि मुदा दर्ता हुने गरेका छन । विज्ञान र प्रविधिको प्रयोगसंगै सामाजिक संजाल प्रयोग कर्ताहरु बढेका छन् ।

तीब्र सूचना प्रवाहको माध्यम भएपनि यसको गलत प्रयोग हुँदा सामाजिक अपराध पनि बढेको छ ।।सामाजिक अपराधका घटना अ्हिले काठमाडौ जिल्ला अदालतले पनि हेरिरहेको छ । विद्युतीय कारोबार ऐनको दफा ४७ ले कुनै पनि व्यक्तिको प्रतिष्ठामा आँच आउने गरि वा कुनै पनि चरित्र हत्या गर्नेगरि सामाजिक संजालमार्फत पोष्ट गर्नुलाइ सामाजिक अपराध भनि उल्लेख छ । यस्तो कसुर गर्नेलाई १ लाख जरिवाना तथा ५ वर्ष सम्मको सजाय व्यवस्था छ ।

लकडाउनको बेला साइबर अपराध सम्बन्धी उजुरी बढेका छन । एक वर्षको अवधिमा व्युरोमा १ हजार ८ सय भन्दा धेरै उजुरी परेका छन । धेरै जसो उजुरी महिलाका छन । पीडित धेरै भएपनि प्रतिवादीहरुमा भने, पुरुषको संख्या धेरै छ ।

१८ वर्ष भन्दा मुनिका पीडितको संख्या ५८ भएको तथ्यांक छ । सामाजिक संजालमा सामाजिक अपराध धेरै भएपनि प्रहरीसम्म उजुरी पुगेका छैनन् । भएका उजुरी विरुद्धको कार्वाही त्यत्ति प्रभावकारी हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);