मुलुक कोरोनाको कहरसंग जुधिरहदाँ निजी अस्पताल रमिते बन्दै ( भिडियोसहित ) | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

मुलुक कोरोनाको कहरसंग जुधिरहदाँ निजी अस्पताल रमिते बन्दै ( भिडियोसहित )

काठमाडौं, २५ वैशाख । सरकारले स्वास्थ जाँचमा विपन्न नागरिकलाई सहुलियत दिनका लागि निजी अस्पताललाई उपकरण खरिद गर्दा १० प्रतिशत छुट दिएको छ । तर विपन्न तथा दीर्घकालीन बिरामीहरुले भने निजी अस्पतालहरुले आफनो दायित्व पुरा नगरेको गुनासो गर्ने गरेका छन सरकारले कोभिड१९का शंकास्पद बिरामीको उपचार गर्दा अन्य बिरामीहरुलाई असर नपर्ने दाबी गरिरहँदा विभिन्न निजी अस्पतालले भने परीक्षण नै नगरी कोभिड१९ लक्षण मिलेको भन्दै बिरामीलाई पन्छाउने गरेका छन ।

कोभिडको आशंकामा जाँच गर्न पुगेका सर्वसाधरणलाई निजी अस्पतालले विभिन्न बहानामा फर्काउने गरेका छन । उनीहरुले स्पष्ट रुपमा उपचार गर्देनौ नभने पनि घुमाउरो पारामा पीपीई लगायत सुरक्षा साम्रगी परीक्षणका लागि किट अभावले बिरामीह्रुलाई भर्ना गर्न नसकिएको बताउने गरेका छन । निरन्तर रुपमा निजी अस्पताललाई लिएर बिरामीहरुको गुनासो बढदै गएपछि अस्पतालले बिरामीहरुका लागि सचेतना कार्यक्रम सुरु गरेको ,मास्क सेनिटाइजरको प्रयोग र बिरामीको सुरक्षा लागि अस्पतालले कुनै कसर नछाडेको दाबी गर्दे सो गुनासो निराधार भएको भन्दै पन्छिने गरेका छन ।

राज बहादुर बहादुर सिंह कार्यकारी निर्देशक, नर्भिक अस्पताल

अस्पतालले कुनै कसर नछाडेको दाबी गरेपनि उपचार गर्न नपाएर छटपटिएका दीर्घकालीन बिरामी र सडकमा देखिएका दुश्यले भने निजी अस्पालको भनाईसगँ तालमेल विल्कुलै खाँदैन ।संविधानमा स्वास्थ्य ,शिक्षा लगायत विषयलाई मैलिक हकमा राखिएको छ । तर संकटमा समयमा निजी अस्पतालले सामाजिक दायित्व नै बिर्सिएका हुन कि भन्नै भान उपचार अभावमा छटपटिएका बिरामी र्हदा नै प्रष्ट हुँन्छ ।
सरकारले सामान खरिद प्रक्रियामा विपन्न नागरिकलाई सहुलियत दिनु भनेपनि निजी अस्पतालले लिखित रपमा अहिलेसम्म सहुलियत दिएर बुझाएका छैनन । सरकारले विगतदेखि नै अनुगमन नगरी छाडा छोडदा निजी अस्पतालको मनोबल बढेको र अहिले कोरोना कहरमा निजी अस्पतालले सहुलियत दिन्छ भनेर आशा गर्नुु नै बेकार भएको चिकित्सकले बताएका छन ।

डा. अरुणा उपे्रती सामुदायिक जनस्वास्थ्य विज्ञ

सरकारी अस्पतालको भैतिक पुर्वाधर सुविधा साम्रगी कमजोर रहेको अवस्थामा सुविधा सम्पन्न आईसीयु रहेको दाबी गर्ने विभिन्न निजी अस्पतालले कोभिड १९को आशंकामा नै बिरामी धपाउने गरेका छन । सरकारले कोरानाको संकट समयमा सरकारी र निजी दुवै अस्पताललाई कोभिड१९ का बिरामीका लागि आइसोलेशन बेड छुटायाउन आग्रह नै गरेको छ । सरकारले गरेको आग्रहलाई निजी अस्पतालले पनि सहर्ष स्वीकार गरेको थिए । तर अस्पतालले विभिन्न बहानामा बिरामीलाई किन पन्छाईरहेका छन भन्ने विषयमा स्वास्थ्य मन्त्रालय आफै अनविज्ञ छ । कोरोनाको संक्रमणबाट विश्वमै लगभग २लाख ६५ हजार मानिसले ज्यान गुमाईरहँदा नेपालमा संत्र,मित संख्या ९९ पुगिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);