नेपालमा साईबर अपराधका घटना ५ प्रतिशतले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

नेपालमा साईबर अपराधका घटना ५ प्रतिशतले वृद्धि

cyber-crime

पुष्पा पोखरेल
काठमाडौं, १९ असार । सामाजिक संजालको प्रयोग बढेसंगै पछिल्लो समय साइबर अपराधका घटनाहरु बढदै गएका छन । सामाजिक संजालको सदुपयोग भन्दा दुरुपयोग बढ्दा अपराधका घटना बढदै गएका छन । प्रहरीका अनुसार अरु अपराधको तुलनामा साइबर सम्बन्धी अपराधका घटना ५ प्रतिशतले वृद्धि भएको छ ।

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्रहत्या हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा,अर्काको पहिचान अनाधिकृत रुपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट लगायतको चोरि साइबर क्राइम भित्र पर्छ । यसैगरी बैकिङ्ख कसुर, विधुतिय उपकरण तथा कम्प्युटरमा पुर्‍याउने क्षति लगाएतका अबैधानिक कार्यलाई साइबर अपराध मानिन्छ । विज्ञान र प्रविधिको विकाससंगै अपराधको पनि विकास भएको छ । साइवर अपराध पनि विज्ञान र प्रविधिसंग जोडिएको अपराध हो ।

पछिल्लो समय इन्टरनेटको प्रयोग ह्वातै बढदै गएको छ । इन्टरनेटले एकातिर मानिसलाई विश्वव्यापी रुपमा जोडेको छ भने अर्काे तिर यसले ठुलो असर पनि पुर्‍याएको छ । पछिल्ला केहि घटनाहरुको तथ्याङक हेर्ने हो भने सबै भन्दा धेरै साइबर अपराधका घटनाहरु नैे देखिन्छन । सामाजिक संजालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानि ब्लायकमेल लगायतका कुराहरु यस्को प्रमुख कारण मानिन्छ ।

अपराध अनुसन्धान महाशाखा टेकुको तथ्याङक हेर्ने हो भने आर्थिक वर्ष २०७५७६ मा भएका आपराधिक घटनाहरुमा सबैभन्दा बढि साइबर अपराधहरु नै रहेका छन । अनुसन्धानको पक्ष एउटा छ । साइबर अपराधको बारेमा पर्याप्त ऐन कानुन बन्न नसक्दा साइबर अपराध गरेका व्यक्तिहरुले पनि सहजै छुटकारा पाइरहेका छन् ।

साइबर अपराधलाई रोकथाम गर्ने कानुन साइबर कानुन हो । नेपालको विधुतीय कारोवार ऐन २०६३ ले कम्प्युटरनेट लगायतका संचारमाध्यम प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने तथा रोक लगाएका सामाग्री सार्वजनिक नैतिकता शिष्टाचार विरुद्घका सामागी्र प्रकाशन वा प्रदशन गर्ने व्यक्ति वा संस्थालाई साइबर कानुन अनुसार कारवाहि गरिने छ भनि स्पष्ट उल्लेख गरेको छ । तर कार्यान्वयनको पाटो भने संधै फितलो बन्दै गएको छ । जस्का कारणहरु अपराध गर्ने अपराधिहरुले छुटकारा पाउँदै गएका छन् ।

नेपालमा सामाजिक संजाल माथिको नियन्त्रण वा सूचना प्राप्त गर्ने आधिकारिकता नहुँदा साइबर अपराधको अनुसन्धानमा कठिनाई हुँदै गएको छ । समस्या प्रविधिमा मात्र होइन अदालतमा पनि छ । साइबर क्राइम प्राविधिक पक्ष हो । सबै क्षेत्रमा प्राविधिक अधिकारीहरु नहुँदा अनुसन्धानमा समस्या देखिदै आएको छ । अहिलेको युग विज्ञान र प्रविधिको युग हो । विज्ञान र प्रविधिसंगै दौडिनु आजको आवश्यकता पनि हो । तर यदि प्रविधिको सही प्रयोग र सदुपयोग मानिसको नियन्त्रण भन्दा बाहिर गए साइबर क्राइममा पर्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);