साथीको हत्या गरी फरार सञ्जय शाही २१ वर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

साथीको हत्या गरी फरार सञ्जय शाही २१ वर्षपछि पक्राउ

काठमाडौं,६ चैत्र । नेपाल प्रहरीले २१ वर्षअ‍ेघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पक्राउ पर्नेमा २१ वर्षअघि सञ्जय शाहीको हत्या गरी फरार रहेका तिखे भन्ने तेजबहादुर राई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले बताउनु भयो ।

४१ वर्षका राई सोलुखुम्बु नेचा सल्यान गाउँपालिका ४ का हुन् । उनले मापसे गरी झगडा पर्दा साथीको हत्या गरेको बताइएको छ । शहीको २१ वर्षअघि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १९ मरुढोका इनाटोलमा रहेको एक पशु वधशालामा हत्या भएको थियो ।

त्यस्तै प्रहरीले १६ वर्षअघि धर्मराज बिष्टको हत्याका योजनाकारलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । २०६४ साल, असार २६ गते ललितपुर जिल्लको तत्कालीन ललितपुर उपमहानगरपालिका २२ शंखमुलस्थित ललतिपुर इमाडोल घर भएका ३३ वर्षका धर्मराज बिष्टको हत्या भएको थियो । सोही घटनाका योजनाकारलाई प्रहरीले १६ वर्षपछि आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४१ वर्षर्की धादिङ बुढाथुम गाविस ३, साविक गंगा जमुना गाउँपालिका ७ की हाल ललितपुर २६ मा बस्दै आएकी सविता थापा (अधिकारी) रहेकी छन् ।

धर्मराज बिष्ट मिन भवन कमर्स क्याम्पसको प्राध्यापक रहेको र सामान्य चिनजान रहेको प्रहरीले बताएको छ । बिष्टले आफूलाई बारम्बार जिस्क्याउने गरुेको कुरा भाई विनोद थापालाई भनेको र दिदीको कुरा सुनिसकेपछि विनोदले आफ्ना साथीहरुलाई सोबारेमा कुरा गरी हत्याको योजना तयार पारेको प्रहरीले बताएको छ । दुवैलाई कानूनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);