इजिप्टले सुडान संकटलाई आन्तरिक मामिलाका रूपमा सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

इजिप्टले सुडान संकटलाई आन्तरिक मामिलाका रूपमा सम्बोधन गर्ने

एजेन्सी,६ चैत्र । इजिप्टले सुडानको संकटलाई आन्तरिक मामिलाको रूपमा सम्बोधन गर्न आफ्नो दृढ समर्थन रहने पुष्टि गरेको छ । इजिप्टका विदेशमन्त्री सामेह शौकरीले राजधानी कायरोमा सुडानका लागि अमेरिकी विशेष दुत टम पेरिलोसँगको भेटमा उक्त टिप्पणी गर्नुभएको हो ।

पेरिलोले आफ्नो नियुक्तिपछि पहिलो क्षेत्रीय भ्रमणको रूपमा इजिप्टको भ्रमण गर्नुभएको थियो । इजिप्टका शिर्ष कुटनीतिज्ञले सुडानमा द्वन्द्वलाई पूर्ण रूपमा सुडानी मामिलाको रूपमा सम्बोधन गर्ने महत्वलाई प्राथमिकतामा राख्नुभएको थियो । इजिप्टले संकटमा वाह्य पक्षहरूबाट हस्तक्षेप अस्वीकार गर्ने प्रतिवद्धता गरेको छ ।

दुवै पक्षले सुडानलाई यसको वर्तमान चुनौतीहरू सामना गर्न मद्दत गर्न थप परामर्श र समन्वयको आवश्यकतालाई जोड दिएका छन् । अप्रिल १५, २०२३ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सहरू बीचको घातक झडपमा सुडान फसेको छ । संयुक्त राष्ट्र संघको हालैको अनुमानले हिंसाको प्रकोपपछि १३ हजार भन्दा बढीको ज्यान लिइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);