लिबियामा आतंकवादी बम विस्फोटमा परेर एक नेपालीको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

लिबियामा आतंकवादी बम विस्फोटमा परेर एक नेपालीको निधन

death

एजेन्सी, १९ असार । लिबियाको त्रिपोली सहर पूर्व ताजुरा शरणार्थी शिबिरमा भएको आतंकवादी बम विस्फोटमा परेर एक जना नेपालीको निधन भएको छ ।

विस्फोटनमा परेर लमजुङ मुलघर भएका सन्तोष श्रेष्ठको निधन भएको भएको हो । अन्तर्राष्ट्रिय आप्रवासी संगठन(आइओएम)को समन्वयमा इजिप्टस्थित नेपाली नियोगले दिएको जानकारी अनुसार २७ वर्षीय सन्तोषको शव नेपाल फिर्ता पठाउन यात्रा अनुमति पत्र त्रिपोली पठाइएको छ । मानव तस्करको संजालमार्फत, सन्तोषसहितका आप्रवासी समूह लिबियाबाट इटाली जानका लागि तयारी गरिरहेका अवस्थामा मंगलवार विस्फोटनमा परेका हुन् । लिबियाबाट उद्धार गरिएका अरु ८ जना नेपालीलाई पनि टर्की हुँदै घर फर्कने प्रबन्ध आइओएमले मिलाइसकेको जनाइएको छ । अरु ६ जना नेपाली अहिले पनि आइओएमको त्रिपोली शिविरमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);