अर्घाखाँचीमा जीप दुर्घटना: ३ जनाको मृत्यु, ६ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अर्घाखाँचीमा जीप दुर्घटना: ३ जनाको मृत्यु, ६ घाइते

durdhatana

बसन्त श्रेष्ठ ‘छापेली’

अर्घाखाँची, १९ असार । सन्धिखर्क नगरपालिका ७ सुपादेउरालीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । कपिलबस्तुको कृष्णनगरबाट सन्धिखर्क आउँदै गरेको लु १ ज १३२९ नम्बरको जीप सडकबाट ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

दुर्घटनास्थलमा अहिले स्थानीय, नेपाल प्रहरी, नेपाली सेनाले उद्धारको कार्य गरीरहेको छ । जीप पछाडि व्याक भएर सडकबाट तल खसेको प्रहरीले जनाएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);