अदालतको फैसलालाई सरकारले मान्यता दिनु पर्ने महान्यायाधिवक्ताको स्पष्टोक्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अदालतको फैसलालाई सरकारले मान्यता दिनु पर्ने महान्यायाधिवक्ताको स्पष्टोक्ती

mahanyadhibakta agni kharel

काठमाडौं, १९ असार । महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले सर्वोच्च अदालतले गरेको फैसलालाई सरकार र संसदले कानुनी मान्यता दिनुको विकल्प नरहेको स्पष्ट पार्नु भएको छ ।

महान्यायाधिवक्ता खरेलले सर्वोच्च अदालतले गरेको पैmसलाको आधारमा सरकारले संसदमा विधेयक ल्याउने र त्यसलाई संसदले कानुनी मान्यता दिनु अनिवार्य भएको दावी पनि गर्नु भयो । बिहीबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘प्रमाण विधेयक, २०७५’ माथिको छलफलमा भाग लिँदै महान्यायाधिवक्ता खरेलले संसदले सर्वोच्च अदालतको फैसलाहरुलाई कानुनको दायरामा ल्याउन ढिलाई गर्न नहुने पनि बताउनु भयो ।

महान्यायाधिवक्ता खरेलले अदालतले अन्य प्रमाणले पुष्टि गरेको खण्डमा मात्रै सहअभियुक्तको प्रमाणलाई मान्न सक्ने कानुनी अभ्यास रहेकाले सोही अनुसारको व्यवस्था विधेयकमा राखेर जान उपयुक्त हुने उहाँको भनाई थियो ।

महान्यायाधिवक्ता खरेलले सबुत प्रमाणका लागि अदालतले आवश्यक्ता अनुसार सबैसँग वयान लिन सक्ने कानुनी व्यवस्था रहेको पनि समितिलाई जानकारी दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);