महान्यायाधिवक्ता खरेलले दिए पदबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महान्यायाधिवक्ता खरेलले दिए पदबाट राजीनामा

काठमाडौं, ६ चैत । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

राजीनामापछि खरेल नेकपा एमालेको राजनीतिमा सक्रिय हुने बताइएको छ । विगतमा केन्द्रीय सदस्य भइसकेका खरेल फेरि केन्द्रीय समितिमा मनोनीत भएर काम गर्ने बताइएको हो ।

यसअघि, पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद हुनुभएका खरेल दोस्रो संविधानसभामा मनोनीत सभासद बनेका थिए । ०७४ साल फागुनमा महान्यायाधिवक्ता नियुक्त खरेलले तीनवर्षे कार्यकाल पूरा गरेर राजीनामा दिएका हुन् ।

सरकार रहँदासम्म महान्यायाधिवक्ताको कार्यकाल रहने भए उनले राजीनामा दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);