नयाँ महान्याधिवक्तामा रमेश बडालको नाम सिफारिस | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नयाँ महान्याधिवक्तामा रमेश बडालको नाम सिफारिस

काठमाडौं, ६ चैत। सरकारले अधिवक्ता रमेश बडाललाई नयाँ महान्याधिवक्तामा सिफारिस गरेको छ । शुक्रबार अग्नि खरेलले राजीनामा दिएसँगै रिक्त रहेको महान्याधिवक्ताको पदमा सरकारले रमेश बडाललाई सिफारिस गरेको हो ।

पछिल्लो समय सरकारविरुद्ध अदालतमा परेका मुद्दाहरुमा सरकारको प्रतिरक्षामा सक्रिय रहेका बडाललाई प्रधानमन्त्री कार्यालयबाट सिफारिस गरिएको बताइएको छ । बडाललाई महान्याधिवक्ता बनाउने सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्ती दिए पछि उनले कार्यभार सम्हाल्ने छन्।

यसअघि अग्नि खरेलले दिउँसो पत्रकार सम्मेलन गरेर नै राजीनामा दिएका थिए । उनले फेरि राजनीति मै फर्कने जानकारी दिएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);