डिआइजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

डिआइजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत

ramesh kharel

अपमानित भएर पदमा बस्न नसकेकाले राजीनामा दिनुपरेको खरेलको स्पष्टोक्ति –

काठमाडौं, २८ चैत । प्रहरी नायब महानिरीक्षक डिआईजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत भएको छ । सरकारले पहिलो वरियतामा रहेका डिआइजी सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै खरेलले राजीनामा दिएका हुन् । उनँको राजीनामा गृह मन्त्रालयले आज स्वीकृत गरेको हो ।

सरकारले हिजो आईजीपीमा एकै व्याजका डीआईजी सर्वेन्द खनाललाई नियुक्त गरेपछि असन्तुष्टि जनाउँदै खरेलले बुधवार प्रहरी महानिरीक्षकको सचिवालयमा राजीनामा बुझाएका थिए । यसअघि सामाजिक सञ्जालमा खरेलले २९ वर्षको सेवा अवधिबाट अलग्गीने घोषणा गर्दै नवनियुक्त महानिरीक्षक खनाललाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

खरेल २०४५ साल फागुन १ गते भलिबल खेलाडीका रुपमा प्रहरी जवान पदबाट सेवामा प्रवेश गरेका थिए । यता आइजिपीका अर्का दाबेदार मानिएका पुष्कर कार्कीले भने सरकारको निर्णय स्वीकार गर्ने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);