शिक्षकद्धारा विद्यार्थीलाई छातीमा चोट र खुट्टा भाँचिने गरी कुटपिट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शिक्षकद्धारा विद्यार्थीलाई छातीमा चोट र खुट्टा भाँचिने गरी कुटपिट

bidhyarthi ghaite

कञ्चनपुर, १९ असार । कञ्चनपुरको एक निजी विद्यालयका शिक्षकले विद्यार्थीलाई घाइते हुने गरी कुटपिट गरेका छन् ।

भीमदत्त नगरपालिका १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीलाई शिक्षकले कुटपिट गरेका हुन् । कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट र दायाँखुट्टा भाँचिएको छ । विद्यालय बाहिर साथीभाईसंग झै-झगडाको विषयलाई लिएर विद्यालयका प्राध्यानाध्यापक सहितका शिक्षकले कुटपिट गरेको छात्राको परिवारले बताएका छन् । कक्षा ९ मा अध्ययनरत कलौनीलाई गत शुक्रबार विद्यालयमै कुटपिट गरेको उनका बाबु बृहस्पति कलौनीको भनाई छ ।

प्रधानाध्यपक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मण दत्त भट्ट र दुर्गादत्त पाठकले कुटपिट गरेर घाईते बनाएको उनले बताए । विद्यालयलले माधवलाई बाबुको जिम्मा लगाउँदै उनको ट्रान्सक्रिप्ट सर्टिफिकेट र क्यारेक्टर सर्टिफिकेट समेत दिएर विद्यालयबाट विदाई गरिदिएका छन् । बैतडी शिवनाथ गाउँपालिका–२ शर्माली घर भएका कलौनीले घर पुगेपछि बिसन्चो भएको बताएका थिए । परिवारले उनलाई डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा उपचार गराए । त्यहाँ उनको खुट्टामा प्लास्टर गरेर थप उपचारका लागि अन्त रिफर गरे । अहिले परिवारले उनलाई नेपालगन्ज शिक्षण अस्पतालमा उपचार गराईराखेका छन् । विद्यालयले भने उनलाई अहिलेको अवस्था जस्तो कुटपिट नगरेको र विद्यालयमा समान्य अनुशासन व्यवस्थापनका लागि दुई थप्पड मात्रै हानेको जनाएको छ । विद्यालयका सहायक–प्रिन्सिपल दुर्गादत्त पाठक र कोडिनेटर लक्ष्मण दत्त भट्टले कलौनीलाइ दुई दुई झापड हानेको स्वीकार गरेका छन् ।

कञ्चनपुर प्रहरीले विद्यालयमा भएको घटनाको छानबिन गरिने जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आचार्यले दुवै पक्षका कुरा सुनेर घाईतेको उपचार गराउनुपर्ने र के कारणबाट छात्र घाईते भएको विषयमा अन्य क्षेत्रबाट कारण पत्ता लगाईने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);