विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ

झापा, ८ चैत । झापामा विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ परेका छन् । झापा मेचीनगर ५को ग्रिन भिलेज स्कुलका शिक्षक दिपेश निरौलाले कक्षा एकमा पढ्ने दिप्सन राउतलाई निलढाम हुनेगरि कुटपिट गरेको आरोपमा प्रहरीले निरौलालाई पक्राउ गरेको हो ।

शिक्षक निरौलाले बुधबार राउतलाई निलढाम हुनेगरि कुटपिट गरेका थिए । शिक्षकले कुटपिट गरेको भन्दै परिवारले उजुरी दिएपछि प्रहरीले शिक्षक निरौलालाई पक्राउ गरेको हो ।

विद्यालयका संचालक हरि बुढाथोकीले विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);