आईफा आयोजना गर्ने निर्णयबाट पछि हट्यो सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आईफा आयोजना गर्ने निर्णयबाट पछि हट्यो सरकार

iifa

काठमाडौं, १९ असार । भारतीय फिल्म अवार्ड (आईफा) आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

चौतर्फी विरोधपछि सरकारले अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो ।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको इन्टरनेशनल इन्डियन फिल्म अवार्ड (आईफा) नेपालमा नहुने पुष्टि गर्नु भएको हो । सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो ।

उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो । त्यसपछि उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै विरोध भएको थियो । मंगलबार मात्र संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले अवार्ड तत्काल रोक्न निर्देशन दिएको थियो । अवार्ड गर्दा नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्याउने ठहर भएपछि सरकारले अवार्ड नगर्ने औपचारिक निर्णय गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);