‘आईफा अवार्ड’ रोक्न संसदीय समितिले दिएको निर्देशन अनाधिकृत : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

‘आईफा अवार्ड’ रोक्न संसदीय समितिले दिएको निर्देशन अनाधिकृत : प्रधानमन्त्री

kp oli

काठमाडौं, २० असार । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिइएको सो निर्देशन सरकारलाई मान्य नहुने स्पष्ट पार्दैै सो अवार्डको आयोजना अनुकूल समयमा गरेरै छाड्ने दृढता पनि व्यक्त गर्नु भयो । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन उपयोगी हुने भएकाले सरकारले सो अवार्ड आयोजना गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

‘देशका लागि राम्रो र फाईदाजनक हुने भो भने अनुकूल समय मिलाएर सो अवार्ड आयोजना गर्न सरकार तयार छ,’प्रधानमन्त्री ओलीको स्पष्टिकरण थियो, ‘राष्ट्रलाई हानी हुने गरेर सो अवार्ड आयोजना हुँदैन ।’

उहाँले छलफलको क्रममै रहेकोे सो अवार्ड आयोजना गर्ने विषयलाई ‘सर्वनाश हुने भो’ भनि फर्मान जारी गर्ने काम संसदीय समितिले गरेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सो अवार्ड राष्ट्रको हितमा नरहेको भन्दै आयोजना नगर्न सरकारलाई निर्देशन दिएको थियो । संसदीय समितिको सो निर्देशन उचित नभएको प्रधानमन्त्री ओलीको दावी छ ।

प्रधानमन्त्री ओलीले सरकार विरोधीहरुको विरोधबाट विचलित नभई मुलुकलाई समृद्ध बनाउने अभियानमा लागिरहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । समाजवादी पार्टी, नेपालका असन्तुष्ट नेताहरु कल्पना धमला, देवेन्द्र पराजुलीलगायतका नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै उहाँले काठमाडौंमा माक्स लगाउन नपर्ने आफनो अभिव्यक्तिको पनि बचाउन गर्नु भयो ।

प्रधानमन्त्री ओलीले आफूले केही दिन अघि काठमाडौंको बाटोमा सुधार आएकाले माक्स नलगाई पनि हिँड्न सकिने अभिव्यक्ति दिएको तर त्यसलाई विरोध गर्न केहीले माक्स लगाएर हिँडन थालेको पनि बताउनु भयो । ‘मेरो सो अभिव्यक्तिपछि केहीले विरोधका लागि माक्स लगाएर हिँडन थालेका छन,’ प्रधानमन्त्री ओलीको दावी थियो,‘ माक्स लगाउने बानी राम्रै हुन्छ, मेरो रिसले भएपनि माक्स लगाउने बानी राम्रै हुन्छ, यसले काठमाडौंको बाटो सफा गर्ने सरकारको काम रोकिदैन ।’

प्रधानमन्त्री ओलीले काँग्रेसप्रति संकेत गर्दै चुनाव हारेरको दलले सरकारको विरोध गर्न लोकतन्त्रमा पाउने पनि बताउनु भयो । उहाँले विकास विरोधी तत्वहरु सक्रिय रहेको उल्लेख गर्दै उनीहरुलाई निष्तेज पारेर अघि बढन सरकार सक्षम रहेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);