नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्रदान

काठमाडौं, ६ कात्तिक । नेपालले अन्तर्राष्ट्रिय स्तरको ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्राप्त गरेको छ । वर्ल्ड फ्यूचर काउन्सिल र संयुक्त राष्ट्र संघीय विकास नियोगसँगको सहकार्यमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्धन्द्ध व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलताको पहिचान गरी नेपाललाई सो अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।

सर्बियामा आयोजित वर्ल्ड फ्यूचर काउन्सिलको १४१ औँ सम्मेलनका क्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले प्राप्त गरेको सो अवार्ड प्रदान गरिएको थियो ।

सोही अवार्ड बुधबार अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक समारोहकाबीच हस्तान्तरण गर्नु भयो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विश्वस्तरको सो अवार्ड शान्ति, समावेशिता र विकास नीतिमा नेपालले लिएको सही बाटोको सम्मान भएको उल्लेख गर्दै सम्पूर्ण नेपाली जनतालाई बधाई दिनु भयो ।

उहाँले नेपालको संविधानले शान्ति, समानता र विकासको क्षेत्रमा लिएको भविष्यसम्बन्धि सही नीतिको सम्मानको रुपमा आफूले सो अवार्डलाई लिएको पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री ओलीले नेपाली जनताले प्राप्त गरेको सफलताको सम्मानको रुपमा सो अवार्ड प्राप्त भएको उल्लेख गर्दै नेपाली जनताले शान्ति, समानता र विकासका लागि गरेका संघर्षको प्रतिफलको रुपमा सो अवार्ड हात पार्न सफल भएको पनि बताउनु भयो ।

नेपालको संविधानले द्धन्द्ध व्यवस्थापन, युवा सहभागिता र अधिकारबारे प्राप्त गरेको सफलताको सम्मान गर्दै नेपाललाई वर्ल्ड फ्यूचर काउन्सिलले सो विश्व स्तरको अवार्ड प्रदान गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);