राष्ट्रपति भण्डारी आज स्वदेश फर्कदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी आज स्वदेश फर्कदै

bidhya bidesh

काठमाडौं, ६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापान भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कदै हुनुहुन्छ । जापानी सम्राट् नारुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उहाँ आइतबार म्यान्माबाट जापान पुग्नुभएको थियो । राजगद्दी आरोहण समारोहमा भाग लिन विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा प्रतिनिधि जापान पुगेका थिए ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शंकरदास वैरागी,लगायत राष्ट्रपति कार्यालयका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको छ ।

जापानको तीनदिने औपचारिक भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीको जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग छुट्टाछ्ट्टै भेटवार्ता भएको छ । त्यसअघि राष्ट्रपति भण्डारीले म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);