सरकारका विरोधीहरुले माक्स लगाएर हिँडेको प्रधानमन्त्री ओलीको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारका विरोधीहरुले माक्स लगाएर हिँडेको प्रधानमन्त्री ओलीको टिप्पणी

pm oli

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेले मास्क लगाएर हिँडेको टिप्पणी गर्नुभएको छ । समाजवादी पार्टी नेपाल छाडेर आएका कल्पना धमला, देवेन्द्र पराजुली लगायत नेतालाई नेकपामा प्रवेश गराउन आयोजित कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका ओलीले आफूले केही दिन अघि काठमाडौंको बाटोमा सुधार आएकाले माक्स नलगाई पनि हिँड्न सकिने अभिव्यक्ति दिएको तर त्यसलाई विरोध गर्न केहीले माक्स लगाएर हिँडन थालेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सरकार विरोधीहरुको विरोधबाट विचलित नभई मुलुकलाई समृद्ध बनाउने अभियानमा लागिरहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । प्रधानमन्त्री ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी समेत गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिइएको सो निर्देशन सरकारलाई मान्य नहुने स्पष्ट पार्दैै सो अवार्डको आयोजना अनुकूल समयमा गरेरै छाड्ने दृढता पनि व्यक्त गर्नु भयो । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन उपयोगी हुने भएकाले सरकारले सो अवार्ड आयोजना गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले छलफलको क्रममै रहेकोे सो अवार्ड आयोजना गर्ने विषयलाई ‘सर्वनाश हुने भो’ भनि फर्मान जारी गर्ने काम संसदीय समितिले गरेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सो अवार्ड राष्ट्रको हितमा नरहेको भन्दै आयोजना नगर्न सरकारलाई निर्देशन दिएको थियो । संसदीय समितिको सो निर्देशन उचित नभएको प्रधानमन्त्री ओलीको दावी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);