स्कुटरमा बसेर यात्रा गर्न प्रधानमन्त्री ओलीलाई आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्कुटरमा बसेर यात्रा गर्न प्रधानमन्त्री ओलीलाई आह्वान

kp oli

काठमाडौं, १९ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौंमा मास्क लगाएर हिँड्न नपर्ने’ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ ।

बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद शाहीले काठमाडौंमा माक्स लगाउन पर्ने÷नपर्ने अवस्थाको जानकारी लिन आफूसँगै स्कुटरमा बसेर यात्रा गर्न पनि प्रधानमन्त्री ओलीलाई आह्वान गर्नु भयो ।

‘म बनस्थली बस्छु, यहाँबाट बनस्थलीसँग मेरो स्कुटरको पछि बसेर यात्रा गर्नुछ,’ सांसद शाहीको भनाई थियो, ‘प्रधानमन्त्रीलाई भेरा सुझाव छ, त्यसपछि थाहा हुन्छ माक्स लगाउनु पर्छ कि पर्दैन भनेर ।’

प्रधानमन्त्री ओलीले केही दिन अघि काठमाडौंमा आयोजित एक कार्यक्रममा माक्स लगाएर हिँडनुपर्ने अवस्था नरहेको भनि अभिव्यक्ति दिनु भएको थियो । प्रधानमन्त्रीको सो अभिव्यक्तिको सामाजिक संजालमा समेत चर्को आलोचना भईरहेको छ ।

सांसद शाहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित भएको सो बैठकमा प्रधानमन्त्रीले उद्घाटन गर्नु भएको विद्युतीय बस कहाँ छ भनि प्रश्न पनि गर्नु भयो । उहाँले सरकारले ३ सय वटा विद्युतीय बस संचालन गर्ने योजना बनाएको उल्लेख गर्दै त्यसका लागि व्याट्री चार्जिङ स्टेशनको व्यवस्थापन सम्बन्धि योजनाबारे पनि जिज्ञासा राख्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);