काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ?

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद खडगबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? भनि प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा बोलाएर कानून र संविधानले नचिनेका गिरोहरुहरुले मुलुकमा हुकुम चलाउने काम गरेको भन्दै सरकारसँग उनीहरु को हुन ? प्रश्न प्रश्न गर्नुभएको हो ।

शुक्रवार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै सांसद बुढाले संविधान र कानूनले नचिनेकोहरुले प्रधानमन्त्री कार्यालयमा बसेर कालो चश्मा लगाएर मुलुकमाथि शासन चलाउन खोज्नेहरु नयाँ गरोहको रुपमा रहेको उहाँको आरोप थियो । सांसद बुढाले सबै मन्त्रालयहरुमा मन्त्री देखाउने अनुहारहरु मात्रै भएको तर त्यहाँ चलाउने अर्कैैं अदृष्य शक्तिहरु रहेको जिकीर पनि गर्नुभयो ।सांसद बुढाले मन्त्रालयमा देखिएका ती अदृष्य शक्ति र व्यक्तिहरु मुलुक र लोकतन्त्रका लागि शुभसंकेत नभएको पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार