काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि शुरु हुने तय भएको छ । बैठकमा मुख्यतया पार्टीको आगामी महाधिवेशनको तयारी र मुलुकको विद्यमान समसामयिक राजनीतिक विषयवस्तुहरूमा केन्द्रित रहेर छलफल गरिने बताइएको छ ।
यसका साथै, पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले पार्टी परित्याग गरेको भनिएको विषय तथा त्यससँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे पनि बैठकमा विशेष समीक्षा हुने कार्यसूची रहेको छ । बैठकमा पार्टीको भावी रणनीति र साङ्गठनिक सुदृढीकरणका विषयमा समेत सदस्यहरूले धारणा राख्नेछन् ।




