स्याङ्जामा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्याङ्जामा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

२७ साउन, स्याङ्जा । स्याङ्जाको मालुंगामा आज ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । पोखराबाट बुटवलतर्फ जाँदै गरेको ना. ३ ख ५५४६ नम्बरको ट्रक गल्याङ नगरपालिका–१ मालुंगामा दुर्घटना भएको हो ।

 

मृत्यु भएका दुई जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा स्याङ्जा, वालिङ नगरपालिका–१४ का ७५ वर्षीया जानकी थापा मगर र कृष्णबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

 

ट्रक चालक घाइते भएका छन् । चालक सहित अन्य घाइतेको पाल्पामा उपचार भइरहेको छ । ट्रक सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);