मेलम्ची खानेपानी आयोजना निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्री देउवाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

साउन २५, काठमाण्डौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजना निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

 

आयोगको स्थलगत निरीक्षणका क्रममा बुधबार सिन्धुपाल्चोक पुग्नुभएका प्रधानमन्त्री देउवाले निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न निर्देशन दिँदै यसमा सरकारले पूर्ण सहयाग गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकामा शुद्ध खानेपानीको अति आवश्यक रहेको बताउँदें आयोजनलाई तिव्र रुपमा अघि बढाउन निर्देशन दिनुभयो । विभिन्न कठिनाइका बाबजुद पनि नेपालको अति महत्वपूर्ण परियोजनामा प्रगति भएको देख्न पाउदा आफु हर्षित भएको उहाको भनाई छ ।

 

कूल साढे २७ किमी सुरुङसहितको मेलम्ची खानेपानी परियोजना आगामी पुस महिनाभित्र निर्माण सम्पन्न हुने गरी द्रुत गतिमा काम भइरहेको छ । स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले सुरुङ खन्ने कामका बारेमा पनि जानकारी लिनुभएको थियो । हाल दुई दशमलव १९ किमीमात्र सुरुङ खन्न बाँकी छ । कूल साढे २३ अर्ब लागत भएको उक्त परियोजनामा २२ अर्ब ३४ करोड खर्च भइसकेको मेलम्ची खानेपानी परियोजनाले जनाएको छ ।

 

आयोजना निर्माण सन् २०१८ मार्चसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);