कल बाइपासको आरोपमा पक्राउ परेका तीन जना पुर्पक्षका लागि थुनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कल बाइपासको आरोपमा पक्राउ परेका तीन जना पुर्पक्षका लागि थुनामा

call-bipass

चितवन, ६ भदौ । जिल्ला अदालत चितवनले कल बाइपासको आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको ईजलाशले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

कल बाईपास गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्बर ८ बस्ने ३१ वर्षीय विजय गुरुङ, २९ वर्षीय मिनप्रसाद रिजाल र भरतपुर महानगरपालिका वडा नम्बर १६ बस्ने २३ वर्षीय सुनिल अधिकारीलाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुलाई प्रहरीले गत साउन ७ गते भरतपुर महानगरपालिका वडा नम्बर १० रिजालचोकबाट पक्राउ गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);