थुनामा रहेका भाईलाई जुत्तामा लुकाएर चरेश दिने क्रममा दाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

थुनामा रहेका भाईलाई जुत्तामा लुकाएर चरेश दिने क्रममा दाई पक्राउ

नितेश कर्ण
वीरगञ्ज, १८ फागुन ।
पुर्पक्षका लागि थुनामा रहेका भाईलाई जुत्तामा लुकाएर चरेश दिने क्रममा पर्सा प्रहरीले दाईलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपालचोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर १ निवासी २२वर्षीय मिङ्मा शेर्पा रहेका छन्।

लागूऔषध मुद्दामा पुर्पक्षका लागि वीरगञ्जस्थित कारागारमा रहेका भाई लाक्पा शेर्पालाई भेट्न आएका दाई मिङ्मा शेर्पाले जुत्ताको तलुवाभित्र लुकाएर ल्याएको चरेशसहित प्रहरीले पक्राउ गरेको हो।

मंगलबार बिहान साढे १०बजे तिर भाईलाई भेट्न वीरगञ्ज कारागार पुगेका मिङ्मालाई कारागारमा खटिएका प्रहरीले चेकजाँच गर्नेक्रममा उनले कालो झोलामा राखिएको स्पोर्ट्स जुत्ताको तलुवामा अन्दाजी १०ग्राम जति चरेशको धुलो लुकाएर राखिएको पाएको थियो।

Leave a Reply

ताजा समाचार