ओपल मल्टिनेशनल प्रालिको तीन नयाँ मोबाइल सेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओपल मल्टिनेशनल प्रालिको तीन नयाँ मोबाइल सेट

सर्लाही, १८ फागुन । ओपल मल्टिनेशनल प्रालिको नयाँ मोडेलको किप्याड मोबाइल सेटहरु मंगलबार बाट सर्लाहीका बजारहरुमा भित्रिएको छ ।

मंगलबार एक कार्यक्रमका बीच  जिल्लाको लागि आफ्ना आधिकारिक बिक्रेता पशुपति ट्रेडर्स मार्फत कम्पनीले  तिन वटा मोडलको ट्रियो मोबाइल फोन सार्वजानिक गरेको छ ।

काठमाडौंको सुनधारा स्थित चाइना टाउनमा प्रमुख कार्यालय  रहेको यस कम्पनीले  ट्रियोको चारवटा मोडलहरु लंच गरेको भएपनि हाल सर्लाहीका बजारहरुमा T4 Jazz, T4 power र T8 boss मोडेलको मोबाइल फोन उपलब्ध रहेको  कम्पनीका RSM जितन चौलागाईंले बताए ।केहि दिनभित्र T3 मोबाइल पनि उपलब्ध हुने RSM चौलागाईंले बताए ।

२५ सय एमएचको बिग व्याक्ट्री रहेको यो मोबाइल फोनको ब्याट्री लामो समयसम्म टिक्ने र सेटहरु पनि आकर्षक र राम्रो क्वालिटीका रहेको कम्पनीले दाबी गरेका छन । सेटको मुल्य १ हजार देखि १६ सय ११ रुपैया  मुल्य रहेको र एकवर्ष सम्मको वारेन्टी रहेको उक्त  मोबाइल बिग्रेको खण्डमा  नेपाल भरीका सबै आधिकारीक बिक्री केन्द्रहरु मार्फत बदल्न सकिने सुविधा रहेको RSM चौलागाईंले बताए। 

मोबाइल लंचिङ कार्यक्रममा  मलंगवा लगायत जिल्लाका  विभिन्न ठाउँका मोबाइल व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);