ताम्राकार मोबाईल कम्प्लेक्समा केटिएम मोबाइल पसल सेवा विस्तार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

ताम्राकार मोबाईल कम्प्लेक्समा केटिएम मोबाइल पसल सेवा विस्तार

mobile_shop

काठमाडौं,२ माघ । न्यूरोडमा अवस्थित ताम्राकार मोबाईल कम्प्लेक्समा केटिएम मोबाइल पसलले सेवा विस्तार गरेको छ । पुरानो मोबाइल एक्सचेन्ज हाउसको रुपमा परिचित केटिएमले सोमबार एक कार्यक्रम गरी आफ्नो थप सेवा आरम्भ भएको जानकारी दिएको हो ।

विगत ६ वर्षदेखि केटिएम ब्राण्डमा संचालित यस मोबाइल शोरुममा चर्चित ब्राण्डका मोबाइलहरु उपलब्ध गराउने केटिएमका निर्देशक कृष्ण पराजुलीले जानकारी दिए । केटिएम मोबाइल शोरुममा कुनै पनि मोबाइल खरिद गर्दा कम्पनिले प्रदान गर्ने वारेन्टि र सुविधा हरु सिधै उपलब्ध गराइएको छ ।

ग्राहकहरुलाई कुनै पनि मोबाईल खरिदमा हात खालि नजाने गरि उपहारको व्यवस्थासमेत गरिएको छ । केटिएम मोवाइृलमा कुनै पनि किसिमका पुराना मोबाइलहरुको अन्तर्राष्टिय स्तरका भ्यालुएटरहरुले उचित मुल्याङ्कन गरि नयाँ मोबाइल खरिद गर्नको लागि सुविधा उपलव्ध गराइएको छ ।

केटिएमले माघ १५ गते सम्मका लागि ग्राण्ड मोवाइल एक्सचेन्ज मेला शुरु समेत गरेको छ । कम्पनीले हरेक मोबाइल खरिदमा न्यूनतम ५ प्रतिशत देखि ४५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);