विदेशबाट ल्याइएको मोबाइलमा यस्तो नयाँ व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विदेशबाट ल्याइएको मोबाइलमा यस्तो नयाँ व्यवस्था

mobile

काठमाडौं, ३० बैशाख । व्यक्तिगत रुपमा विदेशबाट ल्याएको मोबाइल दुरसञ्चार प्राधिकरण तोकेको संख्या अनुसार एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिन्छ ।

वेवसाइट एमएमएस अथवा मोबाइल एप्लिकेसनमार्फत विदेशबाट ल्याएको मोबाइल पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसरी विदेशबाट ल्याउन सक्ने मोबाइलको परिणाम भने वार्षिक रुपमा तोक्न सक्छ । सर्वसाधारणलाई वेवसाइट अथवा एसएमएस मार्फत पनि एमडीएमएस प्रणालीमा मोबाइल दर्ता भएको वा नभएको जानकारी दिने प्राधिकरणले गर्नेछ ।

मोबाइलको आईएमईआई नम्बर लग इन गरेपछि एमडीएमएस प्रणालीले उक्त मोबाईल सेतो वा कालो सूचीमा छ, त्यसको जानकारी उपलब्ध गराउने छ । यदि मोबाइलको उक्त नम्बर सूचीमा नभए उक्त मोबाईल अबैध रुपमा वा चोरीका रुपमा भित्रिएको पत्ता लाग्ने छ। आजको गोरखापत्रमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);