बिहिबारदेखि ताम्राकार कम्प्लेक्समा मोबाईल मेला | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बिहिबारदेखि ताम्राकार कम्प्लेक्समा मोबाईल मेला

Mobile-phones

काठमाडौं, २० भदौ । काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा बिहिबारदेखि मोबाईल मेला सुरु हुने भएको छ । दशैं÷तिहारको उपहार योजनासहित बिहिबारबाट मोबाईल मेला आयोजना गर्न लागिएको हो ।

 

मंगलबार मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोबाईल व्यापार संघ, ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले मोबाईलको मोडेल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिए ।

 

मेलामा दशै-तिहारको उपहारको रुपमा विभिन्न ब्रान्डका मोबाईल खरिद गर्दा मोटरसाईकल, टिभी, स्मार्टफोन लक्की ड्रमार्फत वितरण गर्ने व्यवस्था गरिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);