भृकुटीमण्डपमा आजदेखि सूचना प्रविधि मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भृकुटीमण्डपमा आजदेखि सूचना प्रविधि मेला सुरु

काठमाडौं, ११ माघ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा आजबाट काठमाडौंका भृकुटीमण्डपमा सूचना प्रविधि मेला सुरु भएको छ ।

‘सुविसु क्यान इन्फोटेक–२०१८’ नाम दिइएको मेलाको एक कार्यक्रमकाबीच सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए । सूचना र प्रविधिका क्षेत्रमा भएका नयाँ प्रयोगबारे जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको कम्प्युटर एशोसिएसन नेपाल महासंघका उपाध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

६ दिनसम्म चल्ने मेलामा अवलोकनकर्ताले आफूलाई आवश्यक परेको सूचना प्रविधिसम्बन्धि सामग्री छुटसहित खरिद गर्न सक्नेछन् । मेलामा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन, मोबाईल एस्सेसोरिज, डिलर र डिष्ट्रीबुसन, इन्टरनेट सेवा लगायत राखिएको छ । ३ सय भन्दा बढि स्टल रहेको मेलामा नेपालमा उत्पादित सामग्रीहरु पनि राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);