सुविसु क्यान इन्फोटेक–२०१८ भृकुटीमण्डपमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुविसु क्यान इन्फोटेक–२०१८ भृकुटीमण्डपमा सुरु

मिना कटुवाल
काठमाडौं, ११ माघ । पछिल्लो समय सूचना प्रविधिको प्रयोगकर्ताको संख्या बढ्दो छ । साथै हरेक दिन नयाँ–नयाँ प्रविधिको खोजी गर्ने जमात पनि त्यतिकै छ । तिनै सूचना प्रविधि प्रयोगकर्ताको आवश्यकता पुरा गर्ने उश्देयका साथ हरेक बर्षझैं यस बर्ष पनि २४ औं संस्करणको क्यान इन्फोटेक सुरु भएको छ ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघको आयोजनामा बिहिबारबाट राजधानीको भृकुटीमण्डपमा २४ औं संस्करणको क्यान इन्फोटेक अर्थात ‘सुविसु क्यान इन्फोटेक–२०१८’ सुरु भएको छ । ६ दिनसम्म चल्लेन मेलामा ब्रोडब्यान्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजीलाई जोड दिइएको छ । साथै मेलमा नेपालीहरुले उत्पादन गरेका नयाँ सफ्टवेयर र रोबर्ट पनि राखिएको छ ।

हरेक दिन सूचना प्रविधिमा भइरहने परिवर्तनले आम मानिसलाई उत्सुक बनाएको हुन्छ । त्यसले एकै स्थानमा सूचना प्रविधिको विविध आयम र उपयोगिताको बारेमा जानकारी दिन मेला आयोजना गरिएको कम्प्युटर एशोसिएसन नेपाल महासंघको भनाइ छ । मेलामा ब्रोडब्यान्ड इन्टरनेट सेवामा विशेष सहुलियतसहित द्रुत गतिको इन्टरनेट प्रमुख आकर्षण बनेको छ । ‘साथै टेलिफोन तथा मोबाइल फोन कम्पनीहरुले पनि आकर्षक छुट दिएका छन् ।

नयाँ प्रविधिमा आधारित मोबाइल फोन, टयाबलेट तथा अन्य उपकरणहरु प्रदर्शनीमा राखिएका छन् । त्यस्तै हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन, मोबाईल एस्सेसोरिज, डिलर र डिष्ट्रीबुसन, इन्टरनेट सेवा लगायत प्रदर्शनीमा राखिएको छ । मेलामा २ सय २२ स्टल प्रदर्शनीमा हलभित्र र हल बाहिर ५ ओटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);