सुबिसु क्यान इन्फोटेक २०१९ भृकुटी मण्डपमा सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सुबिसु क्यान इन्फोटेक २०१९ भृकुटी मण्डपमा सुरु

काठमाडौं, १५ माघ । राजधानीमा सुबिसु क्यान इन्फोटेक २०१९ मेला सुरु भएको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसियसन नेपाल क्यान महासंघले गरेको सुबिसु क्यान इन्फोटेक २०१९ को मंगलबार सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटाले उद्घाटन गरे ।

मेलाको उद्घाटन गर्दै मन्त्री बास्कोटाले डिजिटल नेपाल निर्माण गर्ने सरकारको योजनामा सबैलाई सहभागी हुन आह्वान गरे । प्रविधिमा गरिने लगानीको सुनिश्चितता सरकारले गर्ने भन्दै उनले विगतमा भएका गल्ती सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

व्यापारीले आफुलाई फाईदा हुने काम र क्षेत्र मात्रै रोज्न सक्ने तर सरकारले त्यसो गर्न नसक्ने भन्दै उनले दुर्गम क्षेत्रमा प्रविधि पुर्याउने सरकारी योजनामा सहकार्य गर्न पनि आग्रह गरे । उनले विशेष आर्थिक क्षेत्रहरुमा आईटि क्षेत्रलाई पनि छुट्टै स्थान श्रृजना गर्ने गरी व्यवस्था गर्न सम्बन्धीत मन्त्रालयलाई पत्राचार गरिसकिएको जानकारी दिए ।

भृकुटीमण्डपमा मंगलबार देखि सुरु सुबिसु क्यान इन्फोटेक २०१९ मेला आगामी २० गते सम्म चल्ने छ । मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाईल एसेसेरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्वेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायतका १ सय ७५ स्टल छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);