क्यान इन्फोटेक मेला सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

क्यान इन्फोटेक मेला सम्पन्न

काठमाडौं, २० माघ । कम्प्युटर एशोसिएन नेपाल (क्यान) महासंघले सुबिसु क्यान इन्फोटेक मेला गत वर्षभन्दा धेरै उपलब्धिमूलक भएको जनाएको छ ।

क्यान महासंघले आईतबार सम्पन्न सो मेला गत वर्षहरुभन्दा धेरै उपलब्धिमूलक भएको प्रतिक्रिया दिएको हो । अवलोकनकर्ताहरुको उपस्थिति पनि विगतका वर्षहरुमा भन्दा धेरै उत्साहजनक रहेको पाइएको क्यान महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

नेपाली प्राविधिकहरुले बनाएको सफ्टवेयरहरुलाई मेलामा विशेष महत्व दिइएको थियो । सूचना र प्रविधिका क्षेत्रमा लागेकाहरुले नेपाली प्राविधिकहरुले बनाएको सफ्टवेयरलाई विशेष महत्व दिएको पनि क्यान महासंघले जनाएको छ ।

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष कुँवरले ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डवमा आयोजना गरिएको मेलामा ३ लाख ५० हजारभन्दा बढिले अवलोकन गरेको बताए ।

सूचना तथा प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाईल एसेसेरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्वेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायतका १ सय ७५ स्टल रहेका थिए ।

यसैबीच, क्यान महासंघले २ महिना भित्र सबै प्रदेशका मुख्यमुख्य सहरमा पनि सो मेला आयोजना गर्ने कार्यक्रम तय गरेको छ । २ महिना भित्र प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश नम्बर ५ को बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा पनि क्यान इन्फोटेक मेला आयोजना गर्न लागिएको पनि वरिष्ठ उपाध्यक्ष कुँवरले बताए । क्यान महासंघले यस अघि नै प्रदेश १ को राजधानी विराटनगर र प्रदेश २ को वीरगंजमा सो मेला आयोजना गरिसकेको छ ।

क्यान महासंघले सूचना र प्रविधिका क्षेत्रका नयाँनयाँ आविष्कारबारे आम उपभोक्तालाई जानकारी गराउन हरेक वर्ष क्यान इन्फोेटेक मेला आयोजना गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);