माघ १५ गते देखि भृकुटी मण्डपमा क्यान इन्फोटेक मेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

माघ १५ गते देखि भृकुटी मण्डपमा क्यान इन्फोटेक मेला

काठमाडौं, २४ पुस । कम्प्युटर एशोसिएशन अफ नेपाल(क्यान) महासंघले माघ १५ गते देखि राजधानीको भृकुटी मण्डपमा क्यान इन्फोटेक मेला २०१९ आयोजना गर्ने भएको छ ।

सूचनाप्रविधि सम्बन्धी मेलामा नेपालका क्यानमा आवद्ध संस्थासँगै अन्तराष्ट्रिय क्षेत्रका सुचना तथा संचार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने क्यानले जनाएको छ । यसपटकको मेलामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा प्रयोग भएका आधुनिक प्रविधिसमेत समावेश गरिने कम्प्युटर एशोसिएशन नेपाल महासंघका महासचिव रञ्जीतकुमार पोदारले जानकारी दिए ।

मेलामा हार्डवयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन,इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटि कलेज तथा ट्रेनिङ इस्टिच्युट, सफ्ट्वयर सोलुसन सहितका एक सय ७५ वटा स्टल रहने छन् ।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शूल्क एकसय रुपैंया तोकिएकोछ भने विद्यार्थीलाई ५० प्रतितशत छुटको व्यवस्था गरिउको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);