मलेशियामा कामदार पठाउने अनुमति दिन सरकारसँग माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मलेशियामा कामदार पठाउने अनुमति दिन सरकारसँग माग

malesiya

काठमाडौं, २४ पुस । वैदेशिक रोजगार व्यवसायीहरुले मलेशियामा कामदार पठाउने अनुमति दिन सरकारसँग माग गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेशियामा काम गर्न जाने कामदारहरुले दवाव दिइरहँदा पनि सो सम्बन्धमा सरकारले सुनुवाई नगरेको गुनासो पनि गरेको छ ।

मंगलबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै संघका अध्यक्ष रोहन गुरुङले मलेशियामा कामदार पठाउने अनुमति दिन सरकारसँग माग गरेका हुन् ।

उनले मलेसियामा जाने कामदारहरुले दवाव दिँदा समेत सरकारले सो ठाउँमा कामदार पठाउने अनुमति नदिएको भन्दै गुनासो गरे । अध्यक्ष गुरुङले सरकारले वैदेशिक रोजगारसम्बन्धि विभेदकारी नीति लिएको भन्दै आपत्ति जनाए ।

खाडी तथा मलेशिया कामदार पठाउँदा फ्रि टिकट र दक्षिण कोरियामा कामदार पठाउँदा शुल्कसहितको विभेदकारी नीति लिएको उल्लेख गर्दै उनले तत्काल सच्याउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सरकारले दक्षिण कोरियामा जाने कामदारहरुलाई टिकट शुल्क लिने व्यवस्था गरेको छ । तर, मलेसिया र खाडी मुलुकमा भने फ्रि टिकटको व्यवस्था गरिएको छ । सरकारको सो नीति विभेदकारी भएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुको आपत्ति छ । संघका अध्यक्ष गुरुङले सो विभेदकारी नीति तत्काल सच्याउन र वैदेशिक रोजगार व्यवसायीलाई मारमा नपार्न पनि सरकारलाई सचेत गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);