अब नेपाली कामदार जापान जान पाउने, दुई देशबीच श्रम सम्झौता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अब नेपाली कामदार जापान जान पाउने, दुई देशबीच श्रम सम्झौता

nepal n japan

जापान कामदार पठाउने ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर

काठमाडौं, ११ चैत । जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानका राजदुत मासामिची साईगोले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो समझदारीसँगै जापानले पहिलो पटक सोझै नेपाली कामदारलाई श्रम भिसामा आफ्नो मुलुक लैजाने बाटो खुला भएको छ । समझदारी अनुसार जापानले आगामी अप्रिल १ देखि नेपालसहित ९ वटा देशका दक्ष कामदारलाई लैजाने निर्णय गरेको छ ।

जापानी पक्षले लिने जापानी भाषा र सीप परिक्षा उतीर्ण गरेका नेपाली कामदारलाई जापान पठाउने गरी समझदारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिए । उनले नेपाली कामदारलाई सोझै जापान लैजाने जापान सरकारको निर्णयप्रति आभार पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानी राजदुत साईगोले दुवै मुलुकको सरकारी निकायले छनौट गरेका नेपाली कामदारलाई जापान लैजाने निर्णय लिइएको बताए ।

समझदारी पत्रमा कामदार पठाउने कार्य सरकारी संयन्त्रबाटै हुने उल्लेख गरिएको छ । तेस्रो पक्षको संलग्नता हुँदा ठगी हुने सम्भावना हुने भएकाले सरकारी संयन्त्रबाट कामदार जापान पठाउने समझदारी गरिएको पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले वैदेशिक रोजगार विभाग अन्तरगत एउटा शाखा स्थापना गर्नेछ । त्यही शाखाले माग गरे बमोजिमको कामदार जापान पठाउने कामको सहजीकरण गर्ने छ । यस अघि दक्षिण कोरिया र इजरायलमा पनि सरकारी स्तरबाटै कामदार पठाउने समझादारी गरिएको थियो ।

समझदारी अनुसार जापानले दक्ष र अदक्ष दुवै कामदार लैजानेछ । ५ वर्ष भित्र ३ लाख ४२ हजार दक्ष, अदक्ष विदेशी कामदारलाई रोजगार दिने नीति लिएको छ । तर कुन–कुन देशबाट कति कामदार लैजाने भन्ने विषयमा भने जापान सरकारले बाहिर ल्याईसकेको छैन ।

श्रमिक कामदारको अभाव हुँदै गएपछि जापान सरकारले विदेशी कामदार लैजाने नीतिगत निर्णय लिएको हो । ती कामदारहरुलाई जापान सरकारले मूलतः कृषि उत्पादन, सवारी साधान मर्मत सम्हार लगायतका १४ वटा क्षेत्रमा काम लगाउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);