नेपाल-मलेसियाबीचको समझदारीप्रति व्यवसायी असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल-मलेसियाबीचको समझदारीप्रति व्यवसायी असन्तुष्टि

काठमाडौं, १३ कात्तिक । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाली कामदारलाई निःशुल्क मलेसिया पठाउने नेपाल–मलेसिया सरकारबीचको समझदारीप्रति असन्तुष्टि जनाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले दुई देशबीच नेपाली कामदारलाई पठाउने विषयमा सोमबार गरिएको समझदारीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरुलाई जानकारी समेत नदिई सरकारले गरेको सो समझदारी आपत्तिजनक रहेको भन्दै आक्रोश व्यक्त गरे ।

अध्यक्ष गुरुङले नेपाली कामदारलाई मलेसिया पठाएवापतको सेवा शुल्क दिने व्यवस्था तत्काल नगरे नेपाली कामदारलाई मलेसिया जानबाट रोक लगाउने चेतावनी दिए । उनले नेपाली कामदारलाई मलेसिया पठाएवापतको सेवा शुल्क उपलब्ध गराउने कि नगराउने भनि सरकारलाई प्रश्न गरे।

सोमबार नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशोधनमन्त्री एम कुला शेघरानबीच नेपाली कामदार लैजाने विषयमा महत्वपूर्ण श्रम सम्झौतामा हस्ताक्षर गरेका थिए ।

नेपाली कामदार मलेसिया जाँदा हवाई टिकट, भिसा, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच वापतका खर्च नेपाली कामदारले व्यहोर्न नपर्ने सहितको सो समझदारीप्रति व्यवसायीको भने असन्तुष्टि छ ।

उनीहरुले आफूहरुको सेवावापतको शुल्कको व्यवस्था नगरे सरकार विरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);