प्रधानमन्त्रीलार्इ अझै ३ दिन अस्पतालमै राखिने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रधानमन्त्रीलार्इ अझै ३ दिन अस्पतालमै राखिने

काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीको उपचारका संलग्न वरिष्ठ चिकित्सक अरुण सायमीले प्रधानमन्त्री ओलीको स्वास्थ्य मंगलबार विहान भन्दा पनि सुधार हुँदै गएको जानकारी दिए । उनले प्रधानमन्त्रीलाई दौडधुप हुन नदिन आरामका लागि अझै ३ दिन अस्पतालमै राखिने बताए ।

प्रधानमन्त्री ओलीले मंगलबार विहानबाट खाना सहज रुपमा खान थालेको र अपरान्हबाट उनको सबै गतिविधि सामान्य अवस्थामा रहेको पनि अस्पतालले जनाएको छ ।

चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई शिघ्र पूर्ण स्वास्थ्य लाभ गराउन भेटघाटमा समेत रोक लगाएका छन् । छातिमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार विहान महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

मंगलबार विहान र अपरान्ह गरिएको रगत परिक्षण र छातीको एक्स रेलगायतको रिर्पोट पनि सकारात्मक रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीले मंगलबार अपरान्ह अस्पतालबाटै एक सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);