उपप्रधानमन्त्री पोखरेलद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०७९, शनिबार

उपप्रधानमन्त्री पोखरेलद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

काठमाडौं, १३ कात्तिक । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले मंगलबार महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले उपचार गराई रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

छातीमा संक्रमण देखिएपछि सोमबार विहान अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा धेरै सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मंगलबार विहानको रगत र छातीको एक्स रे रिर्पोट पनि सकारात्मक रहेको उपचारमा संलग्न वरिष्ठ चिकित्सक अरुण सायमीले जानकारी दिए ।