प्रधानमन्त्री ओलीद्वारा आलमको स्वास्थ्य अवस्थाको जानकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रधानमन्त्री ओलीद्वारा आलमको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता एवं पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

आज गंगालाल हृदयरोग केन्द्रमा गएर प्रधानमन्त्री ओलीले आलमको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । रौतहट निवासी आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री ओलीले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । परिवारका सदस्यहरुलाई पनि धैर्य रहन प्रधानमन्त्रीले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आलमको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  आलम गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा रौतहट २ बाट वामगठबन्धनको तर्फबाट उम्मेद्वार थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);