राजपामा संसदीय दलको उपनेताका विषयमा विवाद चुलियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राजपामा संसदीय दलको उपनेताका विषयमा विवाद चुलियो

काठमाडौं, २९ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र संसदीय दलको उपनेताका विषयमा विवाद चुलिएको छ । संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतकको टुङगो लगाउने विषयमा सहमति हुन नसकेको नेताहरुले बताएका छन् । संसदीय दलको नेतामा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई चयन अनौपचारिक सहमति भएको छ ।

संसदीय दलको नेतामा दाबी प्रस्तुत गर्दै आएका अध्यक्ष मण्डलका राजेन्द्र महतोलाई भने उपनेता बनाउने तयारी गरिएको छ । तर, अन्य बिषयमा पनि एकैसाथ सहमति खोज्ने भन्दै महतोलाई उपनेता बनाउने निर्णय भने भइसकेको छैन ।

पार्टीको अध्यक्षमण्डलको बैठक शुक्रबार पनि जारी छ । सो पार्टीका अध्यक्ष मण्डलका अनिल झाका अनुसार शनिबार संसदीय दलको नेता चयन गर्ने तय भएको छ ।

शनिबार बिहानसम्म सबै बिषयमा सहमति भइसक्ने उनले दाबी गरे । राजपाले आगामी महाधिवेशन २०७६ वैशाख ७ देखि ९ गतेसम्म गर्ने निर्णय यसअघि नै गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);