संसदीय दलको नेता बन्दै देउवा: यसरी पछि हट्ने भए सि‌ंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संसदीय दलको नेता बन्दै देउवा: यसरी पछि हट्ने भए सि‌ंह

deuwa singh

काठमाडौं,२० फागुन । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई नै सर्वसम्मत बनाउने तयारी सुरु गरिएको छ । दलको नेताका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंहले समेत दाबी गरिरहेका बेला उनलाई उपनेतामा व्यवस्थापन गर्नेगरी देउवा पक्षका नेताहरु सहमतिबाटै सभापतिलाई नेता बनाउने तयारीमा लागेका हुन् ।

शनिबार पूर्वउपसभापति गोपालमान श्रेष्ठ र नेता रमेश लेखक दलको नेता देउवालाई सहमति गरेर उपनेता पौडेल पक्षमा दिनेगरी सहमति जुटाउन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटार पुगेका थिए । पार्टीले संकटको सामना गरिरहेका बेला एकता जरुरी रहेको र एकताको सन्देश दिनका लागि समेत सहमतिबाटै दलको नेता चुन्नुपर्ने भन्दै उनीहरुले नेता पौडेलसँग उपनेता सिंहलाई बनाउने गरी मनाउन आग्रह गरेका हुन् ।

छलफलमा सहभागी नेता श्रेष्ठले पार्टीले संकटको सामना गरिहेकाले सहमति गरेरै अघि बढ्न नेता पौडेलसँग प्रस्ताव गरेको बताए । खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);