सिलवाल निर्बाध संसद् भवनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सिलवाल निर्बाध संसद् भवनमा

silwal samsadh

काठमाडौं,२० फागुन । प्रहरीको खोजी सूचीमा रहेका पूर्वडीआईजी एवं ललितपुर १ का सांसद नवराज सिलवाल शनिबार बानेश्वरस्थित संघीय संसद् भवनमा देखा परे । सरकारी छाप दस्तखत किर्ते मुद्दामा सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले अनुसन्धानका निम्ति सिलवाललाई ब्यापक खोजी जारी राखेको छ ।

पुसको दोस्रो साता मात्रै महानगरीय प्रहरी परिसर, काठमाडौंले सिलवाललाई बयानका लागि उपस्थित गराउन भन्दै ललितपुर परिसरलाई पत्राचार गरेको थियो । सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयलाई पत्राचार गर्दै उनको खोजी जारी राख्न आन्तरिक सर्कुलर गरेको थियो । यति गर्दा पनि फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सिलवालका नाममा इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ समेत जारी गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा प्रहरीको खोजीबाट बच्न सम्पर्कबाहिर रहेका सिलवाल एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक वृत्तमा देखा पर्न थालेका हुन् । फागुन ७ मा उनी प्रधानमन्त्री निवास बालुवाटारमा देखा परेका थिए । संसद् भवनमा एकीकरणको प्रक्रियामा रहेको एमाले र माओवादी केन्द्रका सांसदहरूको संयुक्त बैठक शनिबार बसेको थियो । दुवै दलका अध्यक्षले सम्बोधन गरेको उक्त बैठकमा सिलवाल पनि अन्य सांसदसरह सहभागी भए ।, यो खबर आजको कान्तिपुरमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);