नेपाली कामदार लैजान जापानसँग आज श्रम समझदारी हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपाली कामदार लैजान जापानसँग आज श्रम समझदारी हुँदै

baideshik rojgar

काठमाडौं, ११ चैत । जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रम समझदारी हुँदै छ । यसलाई दुइ देशबीच ‘सहकार्य गर्ने समझदारी’को नाम दिइएको छ ।

जापानले पहिलो पटक ‘श्रम भिसा’मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेको छ । यो समाचार कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);