अबको केहि दिनमै जापान रोजगारी समझदारीमा हस्ताक्षर हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अबको केहि दिनमै जापान रोजगारी समझदारीमा हस्ताक्षर हुने

kamdar

काठमाडौं, १० चैत । नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच केही दिनमै समझदारी हुने भएको छ ।

मन्त्रिपरिषद् बैठकले दुई देशबीच हुने समझदारीमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई जिम्मेवारी तोकेपछि अबको केही दिनमा हस्ताक्षर हुने भएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

मन्त्रालयका एक अधिकारीले सम्भवतः सोमबार दाहाल र जापानी राजदूतबीच कामदार पठाउने विषयमा हस्ताक्षर हुने बताए । ‘सोमबार दुई देशबीच कामदार पठाउने विषयमा हस्ताक्षर गर्ने तयारी गरेका छौँ,’ ती अधिकारीले भने,‘हाम्रो योजना अनुसार काम अघि बढ्यो भने सोमबार नत्र त्यसको केही दिनपछि समझदारीमा हस्ताक्षर हुन्छ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);