वर्ष दिनदेखि प्रधानध्यापक सम्पर्कबिहीन, ८ लाख हिनामिना गरेकाे उजुरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वर्ष दिनदेखि प्रधानध्यापक सम्पर्कबिहीन, ८ लाख हिनामिना गरेकाे उजुरी

school

रूकुम, ११ चैत । पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक बालकुमार शर्मा बिदा नै नलिई एक वर्षदेखि घर बस्दै आएका छन् । उनी गत वैशाखमा केही दिनको बिदामा भन्दै अर्कै शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मा दिएर हिँडेका थिए ।

शर्माले विद्यालय व्यवस्थापन समिति, गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइबाट बिदाका लागि स्वीकृति समेत लिएका छैनन् । एक वर्षदेखि विद्यालयमा उपस्थित नभएका शर्माले घरबाटै आर्थिक कारोबार चलाइरहेका छन् । विद्यालयको प्रधानाध्यापक शर्मा लामो समयदेखि सम्पर्कविहीन भएपछि दैनिक प्रशासनका साथै पठन पाठन नै प्रभावित बनेको छ ।

सम्पर्कमा आउनै चाहँदैनन् शर्मा

विद्यालय व्यवस्थापन समितिले शर्माले किर्ते गरेर विद्यालयको खाताको रकम हिनामिना गरेको आरोप लगाएको छ । विद्यालयको खातामा आठ लाख रुपैयाँ रहेको, तर अहिले खातामा शून्य रहेको विद्यालय व्यवस्थापन समितिले दाबी गरेको छ । शर्माले किर्ते गरेर एक शिक्षिका कर्मजोग पुनको दुई लाख २१ हजार र विद्यालय सहयोगी नञ्जबहादुर कामीको ६० हजार रुपैयाँ निकालेको आरोप उनीहरूले लगाएका छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);