विद्यालयको रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा  | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

विद्यालयको रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुसमेत ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरुले ११ लाख ९५ हजार रुपैयाँ हिनामिना गरेको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियार मुद्दा दायर गरेका अन्यमा रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक तथा सदस्य सचिव रामवचन प्रसाद र सदस्य रामचन्द्र कानु रहेका छन् । विद्यालयमा प्राप्त विभिन्न शीर्षकको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धान हुँदा उनीहरुले अस्वभाविक रुपमा रकम पेश्की उपलव्ध गराएको, पेश्कीबाट विद्यालय निर्माणको कुनै कार्य नगरेको तथा पेश्कीबापतको रकम हालसम्म विद्यालयको खातामा दाखिलासमेत नगरेको पाइएको अख्तियारले जनाएको छ।

Leave a Reply

ताजा समाचार