त्रिविको १२०० रोपनी जग्गा बाँडचुँड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

त्रिविको १२०० रोपनी जग्गा बाँडचुँड

tu

काठमाडौं, २५ पुस । २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले २ हजार ५ सय रोपनीमात्र बाँकी छ ।

भएको सम्पत्ति जोगाउनु साटो झनझन चुँडेर सकिँदैछ । यसमा सघाएका छन् – विभिन्न समयमा नेतृत्वमा रहेका पदाधिकारीले । आजको कान्तिपुर दैनिकमा खबर छ ।

पद जोगाउने ध्याउन्नमा उनीहरुले शैक्षिक प्रयोजनले संकलित जग्गा अर्कैलाई मनोमानी बाँडेका छन् । झण्डै १ हजार २ सय रोपनी विभिन्न संस्थालाई बाँडिएको छ भने ९ सय ७८ रोपनी भोगचलन गर्न दिइएको छ ।

पछिल्लो समय सबैभन्दा  धेरै जग्गा बाँड्नेमा तत्कालिन उपकुलपति हिराबहादुर महर्जन छन् । गणतन्त्र स्मारक, नेपाल नेत्रज्योती संघ र लायन्स क्लबलाई जग्गा दिएको उनले स्वीकारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);